Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

नेपाल भाषाका गीतहरुलाई विश्वमाझ चिनाउन मेरो प्रयासः मन्जिल श्रेष्ठ(पहिलो नेवा आइडल)[भिडिओ सहित]


नेपाल भाषाका गीतहरुलाई विश्वमाझ चिनाउन मेरो प्रयासः मन्जिल श्रेष्ठ(पहिलो नेवा आइडल)[भिडिओ सहित]

काठमाडौं, १० असार । नेपाल भाषाका पहिलो नेवा आइडल मन्जिल शाक्यले नेपाल भाषाका गीत संगितलाई विश्वमाझ चिनाउने आफ्नो पहिलो प्रयास रहने बताएका छन् । विजनेस दर्शन टेलिभिजनको कार्यक्रम फल्चामा कुरा गर्दै उनले नेपाल भाषाको प्रवद्र्धनका लागि आफ्नो प्रयास रहने बताएका हुन । कार्यक्रम प्रस्तोता रुपेन्द्र श्रेष्ठसंग कुराकानी गर्दै उनले आफू पहिलो नेवा आइडल हुदा नेवा समुदायको प्रतिनिधित्व गरेको अनुभूति भएको सुनाए ।

७० जना प्रतिस्पर्धीले सहभागीता जनाएको सो रियालिटी कार्यक्रममा नेपालाभाषा गायन क्षेत्रको पहिलो रियालिटी शो नेवाः आईडल–११४३ पहिलो संस्करण अन्तर्गत् ललितपुरमा सम्पन्न कार्यक्रममा शाक्य पहिलो नेवाः आईडल–११४३ घोषित भएका थिए । नेवाः आईडल–११४३ का प्रमुख निर्णायक चर्चित गायक प्रवेश मान शाक्यले टाईटल विजेता तथा उप–विजेताहरुको नाम घोषणा गरेको सो प्रतियोगितामा विजेता शाक्यले ट्रोफी, प्रमाण–पत्र संगै नगद एक लाख पच्चीस हजारसँंगै विविध उपहारहरु प्राप्त गरेका थिए । त्यस्तै, दोश्रो स्थान प्राप्त गर्नेले प्रमाण–पत्र संगै नगद पचास हजार र तेश्रो स्थान प्राप्त गर्नेले प्रमाण–पत्र संगै नगद पचीस हजार प्राप्त गरेका थिए ।

नेपालभाषा संगीत क्षेत्रले भर्खरै एउटा ठूलो ईतिहास रच्न सफल भएको थियो । जसले नेवा संगीत क्षेत्रमा ठूलो तरङ्ग ल्याएको थियो । केही समय अगाडी मात्र नेपालभाषा संगीत क्षेत्रमा नयाँ गायकगायीकाहरुको सहभागीतामा गायन प्रतिष्पर्धा चलेको थियो । सोही प्रतियोगितामा आफ्नो बेजोड प्रस्तुती दिएर अन्य प्रतिष्पर्धीहरुलाई पछाडी पार्दै मेहनत र परिश्रमले जीत हासिल गरेको सुनाउनुहुँदै विजनेश दर्शन टेलिभिजनको अन्तर्वार्ता कार्यक्रम 'फल्चा' मार्फत् आफ्ना भनाई प्रस्तुत गरेका छन् ।
(भिडिओ सहित)