Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मुलुकभर हालसम्म २७ प्रतिशत मात्र धान रोपाइँ


मुलुकभर हालसम्म २७ प्रतिशत मात्र धान रोपाइँ

काठमाडौँ । देशभर हालसम्म करिब २७ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ ।

गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भईसकेकोमा यस वर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिनुभयो ।

तथ्याङ्कअनुसार अहिलेसम्म करिब २७ प्रतिशत मात्र रोपाइँ भएको छ । विशेष गरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन ढिलो सुरु भएका कारण रोपाइँ सक्न ढिला भएको हो । आगामी साउन १५ सम्म सामान्य हिसाबले रोपाइँ हुनसक्ने भएकाले विगत वर्षमा जस्तै शत प्रतिशत रोपाइँ हुने मन्त्रालयले प्रारम्भिक अनुमान गरेको छ ।