Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कच्चा तेल आयातमा गिरावट


कच्चा तेल आयातमा गिरावट

काठमाडौं ।  देशको चिन्ता  कच्चा तेल क्रुड आयलमा आएको गिरावटले ओपेक समूह बढेको छ । यसैबीच, साउदी अरबले जुलाईदेखि प्रतिदिन १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने बताएको छ । यसको कारण ओपेक समूहले मूल्यमा गिरावट आएसँगै उत्पादन कटौती गर्न चाहेको बुझिएको छ ।

यसअघि पनि ओपेकले दुईपटक तेल उत्पादनमा कटौती गरिसकेको छ । ओपेक समूहका देशबीच भएको यो सम्झौताअनुसार अन्य कच्चा तेल उत्पादक देश पनि सन् २०२४ को अन्त्यसम्म पहिलेको उत्पादनको तुलनमा कटौती गर्न सहमत भएका छन् । साउदीद्वारा तेल उत्पादन कटौतीको निर्णयबारे साउदीका ऊर्जामन्त्री प्रिन्स अब्दुला अजिज बिन सलमानले ओपेकबाहेकका देशसँगको सम्झौतामा सहमति जुटेको बताएका छन् ।

ऊर्जामन्त्री सलमानका अनुसार नयाँ उत्पादन लक्ष्य पहिलेभन्दा बढी पारदर्शी र न्युट्रल हुनेछ भने आगामी दिन तेल उत्पादन कटौती अझै बढ्न सक्छ । यस्तै, साउदीको ऊर्जा मन्त्रालयले देशको उत्पादन जुलाईमा घटेर प्रतिदिन ९० लाख ब्यारेल पुग्ने बताएको छ । यस्तो उत्पादनमा मे महिनामा एक करोड ब्यारेल प्रतिदिन थियो ।

पछिल्ला केही वर्षको तुलनामा यो कटौती अहिलेसम्मकै बढी हो । ओपेक देशद्वारा कच्चा तेल उत्पादनमा कटौतीको असर विश्वमै पर्न सक्ने अनुमान गरिएको छ । कारण, ओपेकले विश्वको कुल तेलको ४० प्रतिशत उत्पादन गर्छ । यसरी उत्पादनमा कटौती हुँदा यसको असर कच्चा तेलको मूल्यमा पर्ने छ । भारतलगायत बाहिरबाट तेल आयात गर्ने देशमा कटौतीको प्रभाव देखिनेछ ।