काठमाडौं, श्रावण २८ । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से १४.८१ अंक बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २०८० अंकमा कायम भएको छ । कुल २ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भयो । ९१ कम्पनीको मूल्य बढ्दा १२३ को घट्यो भने ८ को स्थिर रहृयो । जसमध्ये बैंकिङ उपसमूह १३, विकास बैंक २१, होटल तथा पर्यटन १०७, जलविद्युत् १८, जीवन बीमा ५८ र निर्जीवन बीमा उपसमूह २४१ अंक बढे ।
फाइनान्स १, उत्पादन १०, माइक्रोफाइनान्स १३ र अन्य उपसमूह ०.१ अंक घटे ।थ्रीस्टार हाइड्रोपावर र अपर स्याङ्जेको मूल्य १० प्रतिशत बढ्यो । माउन्टेन इनर्जीको मूल्य ९.७ तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य ८।६ प्रतिशत बढ्यो । आजबाट दोस्रो बजारमा कारोबार भएको घोराही सिमेन्टको मूल्य १० प्रतिशत घट्यो । कम्पनीको मूल्य प्रतिकित्ता ५०९ रुपैयाँ कायम भएको छ ।
प्रतिकित्ता ५६५.५ रुपैयाँमा कम्पनीको पहिलो कारोबार भएको थियो । अभियान लघुवित्तको मूल्य ७ प्रतिशत घट्यो भने सिंगटी हाइड्रोको ६.५५ प्रतिशत घट्यो । नेपाल इन्स्योरेन्स कम्पनी संस्थापक, घोराही सिमेन्ट, सोल्टी होटल, माउन्टेन इनर्जी र आईएमई लाइफ इन्स्योरेन्स कारोबार रकमका आधारमा क्रमशः अगाडि रहेका छन् ।