Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सत्तारुढ दलका सांसदले भनेः यो बजेट पारित हुँदैन


सत्तारुढ दलका सांसदले भनेः यो बजेट पारित हुँदैन

काठमाडौं । बजेटप्रति सत्तारुढ दलका सांसदले नै गम्भीर आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद पाण्डेले बजेट विनियोजन सही तरिकाले नभएकाले बजेट पारित हुन नसक्ने बताए । बजेटमा योजना कसले राखेका हुन् भन्ने प्रश्नको जवाफ नदिएसम्म एकीकृत समाजवादीका सांसदहरूले बजेटको पक्षमा भोट नहाल्ने उनको भनाइ छ ।

कम्प्युटर टाइप गर्नेले योजना हाल्न सक्छ तर निर्वाचित प्रतिनिधिले भन्या योजना हुँदैन । यो परिपाटीलाई अन्त्य नगरेसम्म बजेटको समर्थन गर्नै सकिँदैन, उनको भनाइ थियो । पार्टीका अध्यक्ष माधवकुमार नेपालले बजेटको समर्थन गरेपनि आफू र अन्य सांसदहरूले बजेटको समर्थन गर्न नसक्ने पाण्डेले बताए ।

बजेट बनायो कसले यसको उत्तर यसै संसद्‍मा, यो बजेट पारित गर्नुभन्दा पूर्व खोजेर मात्रै टुंगो गर्नुपर्छ अन्यथा यो बजेट पास हुँदैन । २०४८ सालदेखि संसद्‍मा बजेटमाथिको छलफलको कुनै प्रतिफल नमिल्ने गरेको सांसद पाण्डेको भनाइ थियो ।