Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भएका योजनाहरू पूरा गर्न यातायातमन्त्री देवेन्द्र दाहालको सुझाव


भएका योजनाहरू पूरा गर्न यातायातमन्त्री देवेन्द्र दाहालको सुझाव

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भएका योजनाहरू पूरा गर्नु पर्ने सुझाव दिएका छन् । उनले नयाँ योजनाहरु थप्नुभन्दा सुरु भएका योजनालाई सक्नु नै अहिलेको आवश्यकता रहेको बताए । उनले श्रोत साधन र आवश्यकता अनुसार सरकारले नयाँ योजनाहरू थप्दै जान सक्ने भए पनि थालिएका योजना अलपत्र पारिने क्रम अब अन्त्य हुनु पर्ने बताउनुभयो ।

नेपालगन्जमा आयोजित संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतअन्तर्गतका कार्यालय प्रमुखहरू सहभागी कार्यशालाको आइतबार उद्घाटनका क्रममा उनले ‘क्रोनिक’ आयोजना तथा योजनाहरूलाई प्राथमिकता दिएर पूरा गर्नसमेत दाहालले निर्देशन दिए ।