Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बाजार परिसूचकमा हरियालि


सेयर बाजार परिसूचकमा हरियालि

काठमाडौं । आज सेयर बजारमा परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । परिसूचक नेप्से ४.६८ अंक बढेर १९३२ अंकमा कायम भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । मंगलबार १ अर्ब ९८ करोडको कारोबार भएकोमा आज २ अर्ब ३६ करोडको भयो ।

कुल १३७ कम्पनीको मूल्य बढ्दा ७४ कम्पनीको घट्यो भने ८ को स्थिर रह्यो । जसमध्ये बैंकिङ २.८प्रतिशत होटल तथा पर्यटन १९प्रतिशत जीवन बीमा ३.९ प्रतिशत निर्जीवन बीमा उपसमूह १२ अंक घटे । विकास बैंक ३९, फाइनान्स ०।६, जलविद्युत ११, उत्पादन २७, माइक्रोफाइनान्स ४३, अन्य ०.३ र ब्यापार उपसमूह १०९ अंक बढे ।

युनिक नेपाल लघुवित्तको मूल्य १० तथा खप्तड लघुवित्तको ८ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा सोल्टी होटल, शिवम् सिमेन्ट, नागरिक लगानी कोष, नेपाल टेलिकम र आईएमई जनरल इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहेका छन् ।