Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कोशी प्रदेशमा संवैधानिक संकट, प्रधानमन्त्री दाहालका ज्वाइँ सहित नयाँ मन्त्रीहरुद्धारा शपथ ग्रहण


कोशी प्रदेशमा संवैधानिक संकट, प्रधानमन्त्री दाहालका ज्वाइँ सहित नयाँ मन्त्रीहरुद्धारा शपथ ग्रहण

काठमाडौं, २४ असार । संवैधानिक विषय उठी रहेको कोशी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालका कान्छा ज्वाइँ जीवन आचार्यसहित तीन जनाले मन्त्री नियुक्त भई पद तगा गोपनियताको आइतबार सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ्ले आचार्यसँगै माओवादीका राजेन्द्र कार्की र कांग्रेसका रामकुमार खत्रीलाई सपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री उद्धव थापाले आचार्यसहित तीन जनालाई मन्त्री नियुक्त गरेर पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरी ६ सदस्यीय बनाएका हुन् । उनले मोरङका आचार्यलाई आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त गरेका छन् भने माओवादीबाट संखुवासभाका राजेन्द्र कार्की र कांग्रेसबाट नेता शेखर कोइराला निकट उदयपुरका रामकुमार खत्रीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन् ।

आचार्य दोस्रो पटक मन्त्री नियुक्त भएका हुन् । सभामुख बाबुराम गौतमको समर्थनमा बहुमत पुर्याएर बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार कांग्रेसबाट पार्टी सभापति शेरबहादुर देउवानिकट ओखलढुंगाका प्रदिपकुमार सुनुवार र नेकपा एकीकृत समाजवादीबाट पाँचथरका कमलप्रसाद जबेगुलाई विनाविभागीय मन्त्री नियुक्त गरेर सपथ लिएका थिए । शनिबार बसेको दलको बैठकले मन्त्रीमा उदयपुरका नारायणबहादुर मगरलाई पठाउने माओवादीले निर्णय गरेको थियो । तर कांग्रेसबाट पनि उदयपुरका खत्री मन्त्री नियुक्त हुने भएपछि जिल्लागत सन्तुलन मिलाउन कार्कीको नाम सिफारिस गरिएको हो ।

यसैबीच, नेकपा (एकीकृत समाजवादी) ले मन्त्री चयनमा अन्तुष्टी जनाएको छ । उक्त पार्टीबाट इलामकी प्रदेश सांसद खिनु लङ्वा लिम्बूलाई भौतिक पूर्वाधार विकासमन्त्री नदिने भएपछि असन्तुष्ट भएको बुझिएको छ । उक्त विवादले एकीकृत समाजवादी सपथ कार्यक्रम बहिष्कार गरेको हो । थापाले मुख्यमन्त्रीमा सपथ लिने दिन माओवादी केन्द्र अनुपस्थित भएका थिए । यता, प्रदेशको नयाँ सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै एमालेले सर्वोच्च अदालतमा शुक्रबार रिट निवेदन दायर गरेको छ । उक्त निवेदन माथि सुनुवाइका लागि सर्वाेच्च अदालतले आइतबारको पेशी तोकेको छ ।

सभामुखको समेत हस्ताक्षर जोडेर सरकार गठनमा लागि आवश्यक ४७ प्रदेश सांसदको बहुमत देखाएर मुख्यमन्त्रीमा गठबन्धन दलका नेता उद्धव थापालाई नियुक्त गरेको निर्णय विरूद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले निवेदन दायर गरेका हुन् ।