Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विद्युती सवारीसाधनमा लगानी र प्रभु बैंक लिमिटेड सम्बन्धी सम्झौता


विद्युती  सवारीसाधनमा लगानी र प्रभु बैंक लिमिटेड सम्बन्धी सम्झौता

काठमाडौं । विद्युती सवारीसाधनमा लगानी र प्रभु बैंक लिमिटेड सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा बैंकका प्रमुखव्यापार अधिकृत रेनुप्रसाद पाण्डे र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्र सापकोटाले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार लक्ष्मी इन्टरकन्टिनेन्टलबाट आयात गरिएको इलेक्ट्रिक भेहिकल खरिद गर्नका लागि ग्राहकलाई छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।

यो कर्जा सुविधा हाल देशभर रहेका तीन सय १ शाखाबाटनै उपलब्ध हुने बताएको छ । सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युत सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास व्यक्त गरेको छ ।