Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पहिरो पन्छाउने कार्य रोकेर नारायणगढ—मुग्लिन सडकखण्ड एक तर्फ सञ्चालनमा


पहिरो पन्छाउने कार्य रोकेर नारायणगढ—मुग्लिन सडकखण्ड एक तर्फ सञ्चालनमा

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ—मुग्लिन सडकखण्ड एक तर्फ सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका—६ कालीखोलालगायत नारायणगढ—मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो पन्छाउने क्रम केहिबेर रोकेर सवारी आवागमन सहज बनाइएको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएपछि सवारी चाप अत्यधिक भएको थियो । बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य जारी राखेको छ । थप पहिरो नआए पहिरो पन्छाउन करिब तीन घण्टा समय लाग्ने अनुमान छ । तर, सवारीको चाप बढेपछि अहिले पहिरो पन्छाउने कार्य रोकिएको छ ।