Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजार परिसूचके नेप्से कारोबारको तेस्रो दिनमा पनि हरियाली


सेयर बजार परिसूचके नेप्से  कारोबारको तेस्रो दिनमा पनि हरियाली

काठमाडौं । मंगलबार नेप्से परिसूचक  २०२० अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ३४ अंक बढेर २०२० अंकमा कायम भएको हो । कारोबार भएको केही समयमा नेप्से २०३४ अंकसम्म पुगेको थियो ।  परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सोमबार २ अर्ब ८८ करोडको कारोबार भएकोमा आज ४ अर्ब १२ करोडको कारोबार भयो ।

कुल १९६ कम्पनीको मूल्य बढ्दा २२ को घट्यो भने ५ को स्थिर रहृयो । जसमध्ये बैंकिङ ७ प्रतिशत , विकास बैंक ५८प्रतिशत , फाइनान्स ३६ प्रतिशत , होटल तथा पर्यटन १०३ प्रतिशत, जलविद्युत् ४.८प्रतिशत, जीवन बीमा २७६ प्रतिशत, उत्पादन २२१ प्रतिशत, माइक्रोफाइनान्स ९६ प्रतिशत, निर्जीवन बीमा २२४प्रतिशत, अन्य १५ प्रतिशत ब्यापार उपसमूह ६१ अंक बढे । प्रतिशतका आधारमा उत्पादन उपसमूह सबैभन्दा धेरै ४.३ प्रतिशत बढ्यो ।

विन नेपाल लघुवित्त, भूगोल इनर्जी, सिटी होटलको मूल्य १० प्रतिशत बढ्यो । हिमालयन डिस्टिलरीको ८.८ र शिवम् सिमेन्टको मूल्य ८.२ प्रतिशत बढ्यो । युनिलिभरको मूल्य ३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, आईजीआई प्रुडेन्सियल, सोल्टी होटल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि  रहेका छन् ।