Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

यु १९ महिला विश्वकप : मलेसियामाथि नेपालको जित


यु १९ महिला विश्वकप : मलेसियामाथि नेपालको जित

काठमाडौं । आईसीसी यू–१९ महिला विश्वकपको प्लेअफमा नेपालले मेलसियालाई पराजित गरेको छ । मलेसियाको जोहोर क्रिकेट एकेडेमीमा शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो।

नेपालका लागि कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शन गरिन् । मलेसियाले दिएको ४५ रनको सामान्य लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि पूजा २३ र सीमाना केसी ४ रनमा अविजित रहिन् । सावित्रि धामीले ३ तथा साना प्रविनले १ रन बनाइन् ।

मलेसियाका लागि मार्सयाले ३ विकेट लिइन् । यसअघि मलेसिया १६.५ ओभरमा ४५ रनमा अलआउट भएको थियो ।

मलेसियाका लागि नुरिमानले १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

नेपालका लागि पूजाले ४ विकेट लिइन् । रचना चौधरीले ३ तथा रिया शर्मा र सीमाना केसीले १–१ विकेट लिइन् ।