Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तीन महिनामा होटेल तथा पर्यटनको कमाई उच्च हुदाँ बैंकिङ्ग क्षेत्र कमजोर


तीन महिनामा होटेल तथा पर्यटनको कमाई उच्च हुदाँ बैंकिङ्ग क्षेत्र कमजोर

काठमाडौं। तीन महीना अवधिमा होटल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस समूहको परिसूचक गत फागुन २५ गते ३ हजार १ सय ३० दशमलव ३४ विन्दुमा रहेकोमा जेठ २५ गते ४ हजार १३९ दशमलव ८६ विन्दुमा पुगेको हो ।

यस आधारमा यस समूहको परिसूचक ३२ दशमलव २५ प्रतिशत बढेको छ । गत फागुन २५ गते नेप्से परिसूचक २ हजार २ दशमलव ७० विन्दुमा थियो । जेठ २५ गते बिहीवार नेप्से परिसूचक १ हजार ९३९ दशमलव ६१ विन्दुमा रहेको छ । यसरी घटेको बजारमा पनि होटल तथा पर्यटन समूहका शेयरमा लगानीकर्ताको आकर्षण देखिन्छ । पर्यटकको आगमनमा भएको वृद्धिसँगै यस समूहका कम्पनीहरूको नाफामा वृद्धि भएको हो । यसको प्रत्यक्ष असर कम्पनीको शेयर मूल्यमा परेको छ ।
दोस्रोमा निर्जीवन बीमा समूहको परिसूचक १४ दशमलव २२ प्रतिशत बढेको छ । तेस्रोमा व्यापारिक समूहको परिसूचक १३ दशमलव ८४ प्रतिशत वृद्धि भएको छ ।

त्यस्तै यो तीन महीना अवधिमा सबैभन्दा बढी बैंकिङ समूहका शेयरधनीले गुमाएका छन् । यस समूहको परिसूचक ८ दशमलव ५० प्रतिशत घटेको छ । त्यस्तै दोस्रोमा ‘अन्य’ समूहको परिसूचक ६ दशमलव शून्य ७ प्रतिशत घटेको छ । त्यसपछि लघुवित्त समूहको परिसूचक ५ दशमलव ६२ प्रतिशत घटेको छ ।