Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकाले चीनसँग व्यापार सम्झौता गर्यो


अमेरिकाले चीनसँग व्यापार सम्झौता गर्यो

काठमाडौं । अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ । जेनेभामा भएको सम्झौताबारे ह्वाइट हाउसले जानकारी दिएको हो ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेका भन्दै खुशी व्यक्त गरेको बीबीसीले जनाएको छ ।
सम्झौताबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि जानकारी दिइएको छ । सम्झौताको विस्तृत विवरण आज सार्वजनिक गर्ने तयारी छ ।

जेनेभामा भएको दुई दिने वार्ता रचनात्मक भएको र धेरै चाँडै सहमतिको विन्दुमा पुग्न सफल भएको अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रीरले बताए ।

वार्ता उपलब्धिमूलक भएको भन्दै अमेरिका र चीनबीच धेरैले सोचेजस्तो ठूला भिन्नता नरहेका बताए । अमेरिका अहिले १२ सय अर्ब डलरको व्यापार घाटामा छ । यही कारण राष्ट्रपति ट्रम्पले शुल्क लगाउने घोषणा गरेको खबर प्रकाशित छन् ।