Tuesday, September 09, 2025

२०८२ भाद्र २४, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको उत्पादन २४ सै घण्टा


माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको उत्पादन २४ सै घण्टा

काठमाडौं । स्वदेशी लगानीको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रले २४ सै घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन थालेको छ । पहिरोले क्षतिग्रस्त बालुवा थिग्राउने दुवै पोखरी आंशिक मर्मत सकिएसँगै २४ सै घण्टा विद्युत् उत्पादन सुरु गरेको हो ।

४ सय ५६ मेगावाट क्षमताको जलविद्युत् केन्द्रको बालुवा थिग्राउने दुवै पोखरी अर्थात् डिस्यान्डरसहित विद्युत् संचालन नियन्त्रण कक्ष, भूमिगत नहर (कल्भर्ट) रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण गत वर्ष असोज ११ मा ठूलो क्षति पुगेको थियो ।

जसका कारण गत वर्ष ३ महिना विद्युत् उत्पादन बन्द भएको थियो । गत पुसमा बालुवा थिग्राउने दुवै पोखरीमध्ये बायाँतर्फको डिस्यान्डर मर्मत गरेर बाँधका सबै ढोका खोलेर नदीमा आधारित भएर केन्द्रले विद्युत् उत्पादन गर्दै आएको थियो ।

दायाँतर्फको डिस्यान्डर आंशिक मर्मत भएपछि बाँधस्थलमा पानी भरेर बिहीबार अपराह्नदेखि जलविद्युत् केन्द्रलाई पूर्ण क्षमतामा संचालनमा ल्याएको केन्द्रका प्रबन्धक पूर्णगोपाल रञ्जितले बताए । दुवै डिस्यान्डर पूर्ण रुपमा पुनर्निर्माण सकिन अझै ४५ दिन लाग्ने उनले बताए ।