Saturday, June 14, 2025

२०८२ जेष्ठ ३२, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ट्रम्प प्रशासनद्धारा हार्वर्ड विश्वविद्यायलाई दिइदै आएको वार्षिक २ अर्ब डलरभन्दा बढीको संघीय अनुदानमाथि रोक


ट्रम्प प्रशासनद्धारा हार्वर्ड विश्वविद्यायलाई दिइदै आएको वार्षिक २ अर्ब डलरभन्दा बढीको संघीय अनुदानमाथि रोक

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्व विख्यात हार्वर्ड विश्वविद्यायलाई दिइदै आएको वार्षिक २ अर्ब डलरभन्दा बढीको संघीय अनुदानमाथि रोक लगाउने भएको छ । ह्वाइट हाउसले हार्वर्ड विश्वविद्यालयसँग राखेका कतिपय माग अश्वीकार गरेपछि ट्रम्प प्रशासनले अनुदान रोक्ने भएको हो । देशको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयमाथि भएको यो ज्यादतीको विरोध भइरहेको छ ।

यसअघि ह्वाइट हाउसको तर्फबाट हार्वर्ड विश्वविद्यालयसमक्ष केही सरोकारको सूची पठाइएको थियो । ती मागलाई विश्वालय प्रशासनले विश्वविद्यालय क्याम्पसमा यहूदीविरोधी भावनासँग लड्ने जमात तयार पारेको आरोप छ । ट्रम्प प्रशासनले विश्वविद्यालयको प्रशासन, प्रवेश र नियुक्ति प्रक्रियामा संशोधन गर्न भनेको थियो ।

यहूदीविरोधी भावना भड्काउने उद्देश्यले हार्वर्डमा विदेशी विद्यार्थी भर्ना भएको ह्वाइट हाउसको आरोप छ । विश्वविद्यालयमा भर्ना प्रक्रियामाथि ह्वाइट हाउसले गर्न खोजेको हस्तक्षेपको हार्वर्ड प्रशासनले खारेज गरेको थियो ।