Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्राधिकरणमा सञ्चालक समिति सदस्य लक्ष्मण केसीलाई तत्काल काम रोके


प्राधिकरणमा सञ्चालक समिति सदस्य लक्ष्मण केसीलाई तत्काल काम रोके

काठमाडौं । उच्च अदालत पाटनले नेपाल विद्युत प्राधिकरणमा सञ्चालक समिति सदस्यमा नियुक्त लक्ष्मण केसीलाई तत्काल कामकाज गर्न रोकेको छ । न्यायाधीशद्वय श्यामकुमार भट्टराई र डिल्लीरत्न श्रेष्ठको इजलासले केसीको नियुक्ति तत्काल कार्यान्वयन नगर्नू भनी अन्तरिम आदेश जारी गरेको हो ।


ऊर्जामन्त्री खड्काले गत २ पुसमा केसीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका थिए । सो निर्णय बदरको माग गर्दै कञ्चनपुरका जनार्दन जोशीले रिट दायर गरेका थिए । प्रारम्भिक सुनुवाइपछि यो आदेश जारी भएको हो । यसअघि १९ पुसमा उच्च अदालतकै न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले अन्तरिम आदेश जारी गर्ने सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो ।