Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वीरगञ्ज भन्सारबाट आठ महिनामा ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात


वीरगञ्ज भन्सारबाट आठ महिनामा ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात

वीरगञ्ज । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा ५३ अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवको सोही अवधिको तुलनामा यो एक सय ७२ दशमलव ०१ प्रतिशतले बढी हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आवमा भटमासको तेल निर्यात बढेको छ । बितेका आठ महिनामा २८ अर्ब १९ करोड रुपैयाँ मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार एक सय ४२ लिटर भटमासको तेल निर्यात भएको हो ।यसैगरी, ४ अर्ब ८८ करोड रुपैयाँ बराबरको जुस र ३ अर्ब ६८ करोड रुपैयाँ मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको छ ।