Monday, June 30, 2025

२०८२ असार १६, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने योजना फिर्ता


अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने योजना फिर्ता

क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने योजना फिर्ता लिएको छ । योसँगै अमेरिका र क्यानडाबिच व्यापार सम्बन्धी वार्ता फेरि सुरु हुनेछ ।

प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको क्यानडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि शुक्रवार ट्रम्पले ठुला अमेरिकी प्राविधिक कम्पनीहरूलाई कर लगाउने तयारी गरिरहेका कारण क्यानडाले व्यापार वार्ता रोकेको आरोप लगाएका थिए । यस वर्षको सुरुमा दुई देशबिच व्यापार तनाव बढेको थियो । दुवैले एक अर्काको देशबाट आउने सामानमा अतिरिक्त भन्सार महसुल लगाएका थिए ।

‘धेरै ठुला प्राविधिक कम्पनीहरूले क्यानडामा कमाएको आम्दानीमा कर तिर्दैनन् भन्ने तथ्यलाई ध्यानमा राख्दै डिजिटल सेवा कर प्रस्ताव गरिएको हो ।

क्यानडाको प्राथमिकता सधैँ एउटा यस्तो अन्तर्राष्ट्रिय सम्झौता रहेको छ, ताकि प्रत्येक देशमा फरक कर संरचनाहरू अन्त्य गर्न सकियोस्’ क्यानडा सरकारको विज्ञप्तिमा भनिएको थियो । विज्ञप्तिअनुसार क्यानडाले अमेरिकासहित अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर साझा डिजिटल कर ढाँचा विकास गर्न काम गरिरहेको छ ।