Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विद्युत् प्राधिकरणको सञ्चित नाफा ४६ अर्ब ४७ करोड रुपैयाँ


विद्युत् प्राधिकरणको सञ्चित नाफा ४६ अर्ब ४७ करोड रुपैयाँ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चित नाफा ४६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको फागुनमसान्तसम्म नाफा ९ अर्ब ४८ कराड रुपैयाँ रहेको प्राधिकरणले तयार गरेको श्वेतपत्रको साराशंमा उल्लेख छ । ऊर्जा मन्त्रालयबाट प्राप्त प्राधिकरणले तयार गरेको श्वेतपत्रको सारांशमा सञ्चित नाफा, अन्य जगेडा ५ अर्ब ८९ करोड रुपैयाँ र प्राधिकरणमा सरकारको सेयर लगानी २ खर्ब ६ अर्ब ७४ करोड रुपैयाँ गरी कुल स्वपुँजी २ खर्ब ५९ अर्ब १० करोड रहेको उल्लेख छ । प्राधिकरणको वित्तीय, प्राविधिक तथा व्यवस्थापकीय पक्षहरूको विस्तृत मूल्यांकन लगायत सम्पत्ति तथा दायित्वको यथार्थ अवस्था सुनिश्चित गर्नका लागि ड्यु डेलिजेन्स अडिट ( डीडीए) को प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य नियुक्त भएलगत्तै बसेको पहिलो बोर्ड बैठकले कुलमान घिसिङको कार्यकालमा भए÷गरेका काम र प्राधिकरणको वित्तीय अवस्था देखाउन श्वेतपत्र जारी गर्ने निर्णय गरेको थियो । ऊर्जा मन्त्री दिपक खड्काको अध्यक्षतामा सोमबार बसेको बोर्ड बैठकले श्वेतपत्र स्विकृत गरिसकेको छ ।

प्राधिकरणले तयार गरेको श्वेत पत्रमा २०८१ असारसम्म डेडिकेटेड फिडर तथा ट्रंकलाइनतर्फको २३ अर्ब ४४ करोडसहित गत फागुनसम्म प्राधिकरणको कुल बक्यौता ४४ अर्ब ५४ करोड रुपैयाँ रहेको उल्लेख छ । ‘डेडिकेटेड फिडर तथा ट्रंकलाइनतर्फ पहिलो खण्ड २०७२ साउन–पुससम्म १ अर्ब ४२ करोड, दोस्रो खण्ड २०७२ माघ – २०७५ वैशाखसम्म ६ अर्ब ११ करोड र तेस्रो खण्ड २०७५ जेठदेखि २०७७ असारसम्म ९ अर्ब १ करोड रुपैयाँ र थप २५ प्रतिशत जरिवानासहित ६ अर्ब ९० करोड रुपैयाँ २३ अर्ब ४४ करोड रुपैयाँ छ,’ स्वेतपत्रको साराशंमा उल्लेख छ, ‘उक्त बक्यौता असुलिको लागि प्राविधिक रुपमा प्रमाण जुटाउनु पर्नेछ भने पहिलो खण्ड र तेस्रो खण्डको रकमको हकमा अदालतमा विचाराधिन छ ।’