Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारमा सामान्य अंकले वृद्धि


सेयर बजारमा सामान्य अंकले वृद्धि

काठमाडौं, श्रावण १५ । सेयर बजारमा सामान्य अंकको वृद्धि देखिएको छ । यसअघिका लगातार ५ कारोबार दिनसम्म झरेको बजार सोमबार भने ५.८४ अंक बढेको हो । सो अंकको वृद्धिपछि परिसूचक नेप्से २१०६ अंकमा कायम भएको छ । परिसूचक बढ्दा कारोबार रकम भने घटेको छ ।

कारोबार रकम १ अर्ब ८५ करोडमा खुम्चिएको छ । आइतबार २ अर्ब ५० करोडको कारोबार भएको थियो । १११ कम्पनीको मूल्य बढ्दा ९९ को घट्यो भने ७ को स्थिर रहृयो । जलविद्युत् ८ र माइक्रोफाइनान्स उपसमूह ४ अंक घटे । जसमध्ये बैंकिङ ९, विकास बैंक १८, फाइनान्स २३, होटल तथा पर्यटन ३, जीवन बीमा २, उत्पादन तथा प्रशोधन २५, निर्जीवन बीमा ४ र ब्यापार उपसमूह ५६ अंक बढे ।

अन्य उपसमूह ०.०८ अंकमा हरियो रहृयो । बलेफी हाइड्रोको मूल्य सबैभन्दा धेरै ५.७ प्रतिशत बढ्यो भने विन नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, एसियन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहेका छन् ।