Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको मूल्यले नयाँ रेकर्ड कायम, तोलामा १ लाख ७४ हजार ५ सय पुग्यो


सुनको मूल्यले नयाँ रेकर्ड कायम, तोलामा १ लाख ७४ हजार ५ सय पुग्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यसअघिका सबै रेकर्ड तोड्दै सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको थियो । बिहीबार सार्वजनिक बिदा भएकाले मूल्य निर्धारण भएको थिएन । शुक्रबार भने सुनको मूल्य एकैसाथ ४ हजार रुपैयाँ बढेर तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको हो ।

यसअघि सुनको मूल्य १ लाख ७१ हजार रुपैयाँको रेकर्ड थियो । उक्त रेकर्ड पनि तोडेर अहिले मूल्य उच्च बन्न पुगेको हो । यसैबिच बुधबार तोलामा २ हजार रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर २ हजार ५० रुपैयाँ कायम भएको छ ।