Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तीनकुने प्रर्दशनमा हिंसात्मक कार्यगर्नेलाई कारवाही गर्न सरकारलाई आग्रह


तीनकुने प्रर्दशनमा हिंसात्मक कार्यगर्नेलाई कारवाही गर्न सरकारलाई आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंको तीनकुनेमा राजतन्त्र समर्थकहरुद्वारा भएको प्रदर्शन र आमसभाका क्रममा हिंसात्मक कार्यमा संलग्नलाई कारवाही गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले प्रेस विज्ञप्ती गर्दै काठमाडौंको तीनकुनेमा अनुगमनका क्रममा आमसभा हिंसात्मक हुन पुगेको जनाएको छ ।

प्रदर्शनकारी तीनकुनेबाट प्रहरीको घेरा तोडी निषेधित क्षेत्र नयाँवानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप भएको, प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको, व्यक्तिको घरमा ढुंगा हान्ने र आगजनी गर्ने काम गरेको पाइएको विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

 आयोगको अनुगमन टोलीमाथि प्रदर्शनकारीबाट कोटेश्वरमा सांघातिक आक्रमण गरी अनुगमन टोलीमा संलग्न कर्मचारीलाई घाइते भएको आयोगका प्रवक्ता डा.टिकाराम पोखरेलले बताए । कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरुको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न नसकिने पोखरेलले उल्लेख गरे । हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानूनी दायरामा ल्याई कारवाही गर्न आयोगले सरकारलाई आग्रह गरेको छ ।