Tuesday, August 19, 2025

२०८२ भाद्र ३, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हवाइ सुरक्षा अभिवृद्धिको लागि ट्रान्सफोर्स समिति गठन गर्याे


हवाइ सुरक्षा अभिवृद्धिको लागि ट्रान्सफोर्स समिति गठन गर्याे

काठमाडौं, श्रावण १२ । वायुसेवा संञ्चालक संघले हवाइ सुरक्षा अभिवृद्धिको लागि ट्रान्सफोर्स समिति गठन गरेको छ। एक वर्षको अवधिमा चार पट दुर्घटना भएपछि कारण, न्यूनीकरणका उपायसँगै हवाइ सुरक्षा अभिवृद्धिका लागि उक्त समिति गठन गरिएको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताए।

अनुसार समितिले मुलुकभर सञ्चालनमा रहेका एयरक्राफ्ट सञ्चालन विधि र प्रक्रियाहरूबारे बुझ्ने र हवाइ उद्योग कति सुरक्षित छन् भन्नेबारे अध्ययन गर्नेछ। संघसँग आवद्ध रहेका सबै वायुसेवा कम्पनीहरूको सञ्चालन प्रक्रिया र विधिबारे समितिले अध्ययन गर्छ। अध्ययनका क्रममा देखिएका कमी कमजोरीमा छलफल हुनेछ थापाले भने।

हवाइ सुरक्षा अभिवृद्धि गर्न पूर्व पर्यटन सचिव यज्ञ गौतमको संयोजकत्वमा ४ सदस्यय समिति गठन गरिएको हो। समितिमा क्याप्टेन हिराबाबु दाहाल, रवि कंसाकार र नारायण बहादुर सिंह डंगोल रहेका छन् ।