काठमाडौं,२५ असार । दलहरुबीच आन्तरिक सहमति भाँडिए पछि आज बस्ने भनिएको राष्ट्रिय सभा बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तीको विरोधमा प्रतिपक्षीले संसद अबरोध गर्दै आइरेको छ । आजका लागि बोलाइएको बैठक एक दिन पछि सरेको हो । बैठक आज बिहान ११ः०१ बजे बोलाइएको थियो । तर, विशेष कारण भन्दै मंगलबार सोही समयसम्मका लागि सारिएको हो ।
्