Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सुरू, जबाफी बहस सकिए आजै न्यायाधीशले आदेश दिने


रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सुरू, जबाफी बहस सकिए आजै न्यायाधीशले आदेश दिने

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सुरू भएको छ। काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बिहान ११ बजेदेखि बहस सुरू भएको हो।

अहिले जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बहस गरिरहेका छन्। बहसका लागि सरकारी तर्फबाट ११ जनाले बहस गर्नेछन्। सरकारी वकिलले बहस सकेपछि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्नेछन्।

प्रतिवादी लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्तले बहस गर्नेछन्। त्यसपछि पुनः सरकारी वकिलले जबाफी बहस गरेपछि न्यायाधीशले आदेश गर्नेछन्। आइतबार लामिछाने पक्षका वकिलहरूले ‍रातिसम्मै गरेर भएपनि थुनछेक बहस सक्नुपर्ने माग गरेका थिए।

आजै दुवै पक्षको बहस र जबाफी बहस सकिएको खण्डमा न्यायाधीशले आदेश गर्नेछन्। स्वर्णलक्ष्मी सहकारीकै मुद्दामा प्रतिवादी रहेका २ जना यसअघि नै धरौटी तिरेर छुटिसकेका छन्। स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालय पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

यो मुद्दामा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो माग गरिएको छ । लामिछाने र उनी र गोर्खा मिडियाका तत्कालीन सञ्चालक जिबी राईको हकमा पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रूपैयाँ संयुक्त बिगो मागदाबी गरिएको छ।