Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

संसद अबरोध हटाउन रमेश लेखकले भनेः बजेट संशोधन हुन्छ [भिडिओ सहित]


संसद अबरोध  हटाउन रमेश लेखकले भनेः बजेट संशोधन हुन्छ [भिडिओ सहित]

काठमाडौं, १२ असार । नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालयहरु जिल्ला प्रशासन कार्यालयमा गाभ्ने बजेटको व्यवस्था संशोधन हुने प्रतिबद्धता जनाएका छन् । एमाले र रास्वपाले जिल्ला निर्वाचन कार्यालय गाभ्ने निर्णय सच्याउनुपर्ने माग गर्दै प्रतिनिधिसभाको कारबाही अवरोध गरेपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । ’अहिलेको नेपाल सरकारको आर्थिक वर्षको बजेटको सन्दर्भमा आयोगका विभिन्न कार्यालयमा गाभ्ने भन्ने कन्फ्यूजन भएको छ,’ लेखकले भने,’आयोगका कार्यालयहरु स्वतन्त्र नै रहने गरी अर्थमन्त्रीले आजै प्रतिबद्धता जनाउनुहुन्छ कांग्रेस पनि यही पक्षमा छ ।’ लेखकले आयोगका कार्यालयहरु स्वतन्त्र राख्नेबारे राजनीतिक तहमै सहमति भइसकेको उनले जानकारी दिए । ’आयोग कार्यालय नै रहने गरेर अघि बढ्ने गरी अर्थमन्त्रीले प्रतिबद्धता गर्नुहुनेछ । त्यसैले सरकार यो पक्षमा प्रतिबद्धता गर्छ । नेपाली कांग्रेस संसदीय दल पनि यो प्रतिबद्धता गर्दछ,’ लेखकले भने ।