Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौं महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम पारित


काठमाडौं महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८०,०८१ को  वार्षिक नीति तथा कार्यक्रम पारित गरिएको छ । शुक्रवार राष्ट्रियसभा गृहमा बसेको १३ औं अधिवेशनको दोस्रो बैठकमा छलफलपछि नीति कार्यक्रम पारित गरिएको हो । अधिवेशनको पहिलो बैठकमा महानगरपालिकाका प्रमुख बालेन साहले, चालू आर्थिक वर्षका कार्यक्रमलाई ५२ बुँदामा समीक्षा गर्दै आगामी वर्षका लागि ११ बुँदामा नीति र १२५ बुँदामा कार्यनीति पेश गरेका थिए ।

महानगरपालिकाको दीर्घकालीन सोच हो । यसमा आधारित रहेर सहरी विकास, सुरक्षा र व्यवस्थालाई नीति तथा कार्यनीतिमा समटिएको उनको भनाइ छ । एक वडा एक पार्क र एक खेल मैदान, सफा, स्वच्छ, सुन्दर, धुलोरहित महानगर, सुलभ फार्मेसी, स्वास्थ्य प्रवर्धन केन्द्रको स्थापना र सञ्चालन, कम्तीमा ५ हजार नयाँ रोजगारीको सिर्जना, अर्गानिक खाद्य तथा तरकारीका आत्म निर्भर बनाउन सहयोग,सबै सडक कालोपत्रे गर्ने, खाल्टा खुल्टीरहित बनाउने, कम्तीमा १ लाख विरुवा रोप्ने कार्यक्रम नीतिमा समेटिएका छन् ।