एजेन्सी । युक्रेन र रुसको नियन्त्रणमा रहेको क्रिमियासँग जोड्ने पुलमा बम आक्रमणका कारण क्षति पुगेको छ । युक्रेनले महिनौंको तयारीपछि पुल मुनिको पानीमा लगभग एक हजार एक सय किलो विस्फोटक पदार्थ राखिएको र टाढाबाट रिमोटले विस्फोट गराइएको दाबी गरेको छ ।
विस्फोटबाट पुलका खम्बाहरूमा क्षति पुगेको र संरचना ध्वस्त भएको दाबी गरेको युक्रेनको सुरक्षा सेवालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यो पुल रुसी सेनाको लागि युक्रेनमा सामान र हतियार पुर्याउने महत्त्वपूर्ण मार्ग मानिन्छ । रुस र युक्रेनबीच युद्ध शुरू भएदेखि यसअघि दुई पटकसम्म पुललाई निशाना बनाइएको थियो ।