Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अघिल्लो दिनको तुलनामा सेयर बजार ३६.१९ अंकले घट्यो


अघिल्लो दिनको तुलनामा सेयर बजार ३६.१९ अंकले घट्यो

काठमाडौं, साउन ९ । सेयर बजारको परिसूचक (नेप्से) अघिल्लो दिनको तुलनामा ३६.१९ अंकले घटेको छ । सो अंकको कमीपछि परिसूचक २१६४ अंकमा कायम भएको छ । परिसूचक घट्दा कारोबार रकम पनि घटेका छ । हिजो ४ अर्ब ७३ करोडको कारोबार भएकोमा आज २ अर्ब ९१ करोडमा खुम्चियो ।

कुल ३२ कम्पनीको मूल्य बढ्दा १७६ को घट्यो भने ९ को स्थिर रहृयो । यस दिन होटलबाहेकका सबै उपसमूह घटेका छन् । होटल उपसमूह भने ७२ अंक बढ्यो । जसमध्ये बैंकिङ ३७, विकास बैंक ८६, फाइनान्स ३६, जलविद्युत् २६, जीवन बीमा १७६, उत्पादन १३, माइक्रोफाइनान्स ३६, निर्जीवन बीमा १११, अन्य २७ र व्यापार उपसमूह ३ अंक घटे ।किसान लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

सिटी होटलको ७.७, रिभर फल्सको ६.३ र युनिलिभरको ५.९ प्रतिशत मूल्य बढ्यो । बीपीडब्लु लघुवित्तको सबैभन्दा धेरै ५.२ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सोल्टी होटल, शिवम् सिमेन्ट, ग्लोबल आईएमई बैंक, एभरेस्ट बैंक र कुमारी बैंक क्रमशः अगाडि रहेका छन् ।