Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आईपीओ स्वीकृति सम्बन्धमा अनियमितताको आशंकामा अख्तियारको बयान


आईपीओ स्वीकृति सम्बन्धमा अनियमितताको आशंकामा अख्तियारको बयान

काठमाडौं । आईपीओ स्वीकृति सम्बन्धमा अनियमितताको आशंका गर्दै छापा मारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डका पदाधिकारीसँग बयान लिएको छ ।

अख्तियारले मंगलबार बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसहित उच्चपदस्थ कर्मचारीसँग बयान लिएको हो । केही समय अघि कार्यालयमै गएर अख्तियारले पाँच घण्टासम्म सोधपुछ गरेको थियो । मंगलबार भने ती पदाधिकारीलाई बोलाएरै सोधपुछ गरिएको स्रोतले जनाएको छ ।

अहिले बोर्डले आईपीओ निष्कासनको प्रक्रियाबारे छानबिन गरिरहेको छ । लामो समयदेखि आईपीओ रोकिएका कम्पनीहरुलाई किन अल्झाएर राखिएको आरोप बोर्डमाथि छ । यसबीचमा आईपीओ स्वीकृतिका लागि पाँचदेखि सात प्रतिशतसम्म कमिसन मागेको सूचनापछि आयोगले छानबिन थालेको थियो । अहिले बोर्डले आईपीओका लागि अयोग्य भएका १४ कम्पनीको सूची पाइपलाइनबाट हटाएको छ । अझै आईपीओको पाइपलाइन सूचीमा ७५ कम्पनी छन् ।