काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारले ल्याएको बजेटलाई यथास्थितिमा पास गर्न नदिने निर्णय गरेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले बजेट पास गर्न नदिने निर्णय गरेको हो । जसपाका सांसद राजकिशोर यादवले अहिलेको बजेट समावेशी नभएको र बजेट नेतामुखी भएको भन्दै संसदीय दलको बैठकले पास गर्न नदिने निर्णय गरेको बताए । उनले भने, ‘सरकारले ल्याएको बजेट समावेशी र सन्तुलित छैन । यो बजेट नेतामुखी भयो । यसले अर्थतन्त्रलाई उकास्दैन ।’ उनले प्रदेशमा दिइएको अनुदान बजेटमा पनि भेदभाव गरिएको बताए ।
सरकारको नीति तथा कार्यक्रममा मधेस पछाडि परेको उल्लेख गरे पनि त्यस सम्बन्धमा कुनै बजेट नआएको उनले बताए । सरकार आफैंले मधेस पछाडि प¥यो भन्ने तर धेरै जनघनत्व भएको मधेसमा न्युन बजेट दिने, यो त असमावेशी र भेदभावको पराकाष्ठा भएन र भन्दै सरकार समक्ष उनले प्रश्न गरे । अर्थतन्त्रमा मन्दी छाएको सरकारले बताइरहे पनि अर्थतन्त्र सुधारका लागि बजेटमा गुरुयोजना नदेखिएको उनको भनाइ छ । अर्थतन्त्र सुधारका निम्ति बजेटमा केही गुरुयोजना नदेखिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।