Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सीआईबी प्रहरीको छानबिन सकिएपछि बाँकी विकल्प भनेकै विशेष समिति गठनः वर्षमान पुन


सीआईबी प्रहरीको छानबिन सकिएपछि बाँकी विकल्प भनेकै विशेष समिति गठनः वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुनमा तस्करी प्रकरणको छानबिन प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले गरिरहेको भन्दै प्रहरीको छानबिन सकिएपछि प्रतिपक्षी एमालेले भनेजस्तो विशेष समिति गठन गर्न सकिने विकल्प बाँकी रहेको औंल्याएका छन् ।

पुनले सय किलो सुन तस्करी प्रकरणमा आफ्नो दलका कुनै पनि नेताको संलग्नता पुष्टि हुने आधार भए कानूनी कठघरामा उभिनुपर्ने समेत बताएका छन् । छानबिनबाट जो कोही नेता वा व्यक्ति संलग्न भएको देखियो भने न्याय सम्पादनलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

‘यदि कुनै पनि तहको नेताले गल्ती गरेको रहेछ र छानबिनले देखाए ऊ जान्छ’, पुनले उपत्यका विशेष प्रदेशको जिम्मेवारी सम्हाल्दै पेरिसँडाडामा बुधबार भने, ‘तर, आरोप लाग्दैमा कोही पनि अपराधी हुँदैन । आरोप लाग्दैमा हो हो भनेर जानु पनि हुँदैन ।’

पुनलाई केही दिनअघि सकिएको केन्द्रीय समिति बैठकले उपत्यका विशेष प्रदेश समितिको इन्चार्जको जिम्मेवारी दिएको छ । यसअघिका इन्चार्ज लीलामणि पोखरेलको बिदाई पनि कार्यक्रममा गरियो । पोखरेल मधेस प्रदेशको इन्चार्जमा सरुवा भएका छन् ।