काठमाडौं । रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा दिएको निवेदन उपर आज सुनुवाई नभएपछि रास्वपा सभापति रवि लामिछाने काठमाडौं फर्किएका छन् ।
सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी र उच्च सरकारी वकिलको कार्यालय बुटवलले जिल्ला आदालतको आदेशविरुद्ध दिएको छुट्टाछुट्टै निवदनमा एकैपटक सुनुवाई हुने गरी आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पेसी तोकिएको थियो ।
मुद्दा सुनुवाईका लागि लामिछाने कानून व्यवसायी र सचिवालय सदस्य लिएर हिजै रुपन्देही पुगेका थिए । गोला प्रथाबाट न्यायाधीशद्वय जगतबहादुर थापा र सागर विष्टको इजलासमा सुनुवाई समेत तोकिएको थियो ।