काठमाडौं । आगामी आर्थिक वर्षमा मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले बताएका छन्।आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री महतोले आगामी आर्थिक वर्षको बजेटमा काठ र काष्ठजन्य वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी विनियोजन गरिएको बताएका हुन्।
सामुदायिक वन, साझेदारी वन, सरकारद्वारा व्यवस्थित वनहरुमा शिल्पीकल्चरमा आधारीत रहेर वनको दिगो व्यवस्थापन गर्दै काठ, दाउरा उत्पादनका लागि प्रदेश सरकारमार्फत् कार्यान्वयन गर्नेगरी सशर्त अनुदानको व्यवस्था गरिएको छ। उनले आगामी वर्ष काठ आयातलाई प्रतिस्थापन गर्ने लक्ष्य राखिएको बताएका छन् ।
उनले आगामी बजेट वनको दिगो व्यवस्थापन, सार्वजनिक तथा नदी उकास क्षेत्रमा वृक्षारोपण, भू तथा जलाधार संरक्षण, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनको अनुकुलन र वातावरण संरक्षण कायम गर्दै वन क्षेत्रलाई आर्थिक वा उत्पादनमुलक क्षेत्रको रुपमा विकास गर्नेगरी प्रस्ताव गरिएको स्पष्ट पारे। तथा जलाधार संरक्षण, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनको अनुकुलन र वातावरण संरक्षण कायम गर्दै वन क्षेत्रलाई आर्थिक वा उत्पादनमुलक क्षेत्रको रुपमा विकास गर्नेगरी प्रश्ताव गरिएको छ।
यसबाट वनको दिगो व्यवस्थापन भई काठ, दाउरा उत्पादनमा वृद्धि हुने र विदेशी काठको आयात कमी हुने देखिन्छ। वन नियमावली २०७९ मा नीजि जग्गामा रहेका रुख, बिरुवा कटान गरी कृषि बालि सरह ओसार पसार गर्न पाउने गरी व्यवस्था गरिएको छ। मन्त्री महतोले दिगो वन व्यवस्थापन मापदण्ड तयारीको अन्तिम चरणमा रहेको बताएका छन्।