काठमाडौँ । एकाबिहानै भूकम्पको धक्का गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गरेका छन् । बिहानै सामाजिक सञ्चालमा लेख्दै उनले भनेका छन्, ‘शुभप्रभातः हिजोआज विभिन्न भागमा ससाना भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला’, राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहानको भूकम्प चीन केन्द्रबिन्दु भएर गएको जनाएको छ । बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकम्पको ठुलो धक्का काठमाडौँसम्म महसुस भएको छ ।
बिहानै भुकम्पको ठुलो धक्का महशुष भएपछि प्रधानमन्त्री ओलीले भनेः सतर्क रहनुहोस् !