Monday, July 28, 2025

२०८२ श्रावण १३, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ


भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई प्रहरीले पक्राउ गरेका छन् ।

मंगलबार बालुवाटारस्थित ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गुरूङलाई नक्सालस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

गुरूङ सरकारी जग्गा ललिता निवासको हिनामिना प्रकरणमा आरोपित व्यक्ति हुन् । उनले उक्त जग्गामा लगानी गरेका थिए र सो जग्गा अहिले पनि उनले स्टोरका रूपमा प्रयोग गर्दै आएका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरूद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

विशेष अदालतको आदेशअनुसार २ करोड रूपैयाँ धरौटीमा रिहा भएका गुरूङलाई कीर्ते मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको ब्यूरो स्रोतले जानकारी दिएका छन् ।