काठमाडौं, २४ असार । आर्थिक वर्षको अत्यमा अहिले बैंक तथा वित्तीय संस्थाहरुमा सेवाग्राहीको घुइँचो लागेको छ । यहि भिडलाई मध्येनजर गर्दै राष्ट्र बैंकले राजस्व संकलन, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि असारभर शनिबार र सार्वजनिक बिदाका दिन पनि बैंक तथा वित्तीय संस्थाबाट सेवा दिन निर्देशन दिएको छ । सोहि निर्देशन अनुसार हिजो हिजो शनिवार पनि बैंक तथा वित्तीय संस्थाहरुले सेवा दिएका छन् ।
आज आइतवार बिहानै देखि बैंक तथा वित्तीय संस्थाहरुमा सेवा ग्राहीको भिड लागेको छ । नेपाल राष्ट्र बैंकले नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोध बमोजिम यो नियम कार्यान्वयन गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।