काठमाडौ । यो वर्ष मदिराको व्यापार घटेको छ । आर्थिक मन्दीका कारण मदिरा खपतमा गिरावट आएको हो ।
रक्सीको व्यापारमा ४० प्रतिशतसम्मको गिरावट छ । तर, गत वर्ष मदिरा व्यवसाय समग्रमा १० प्रतिशतले बढेको थियो । यस वर्ष बजारमा चालू पुँजीको अभाव, बैंकहरुले ऋण प्रवाहमा कडाई, व्याजदर वृद्धिले यस क्षेत्रमा लगानीको अभाव समेत रहेको छ ।
यता, उपभोक्ताको क्रयशक्तीमा ह्रास आएको छ, जसले मदिराको व्यापारमा समेत प्रभाव पारेको छ । उपभोक्ताको क्रयशक्तिमा आएको गिरावटले मदिराको कारोबार घटेको एक व्यवसायी बताउँछन् । मदिराको व्यापार भोजभतेर, विवाह, जमघट, सभा तथा सम्मेलन जस्ता आयोजनाहरुमा बढी हुने गरेकोे छ । तर, पछिल्लो समय आर्थिक मन्दीले गर्दा यस्ता गतिविधि पनि कम मात्रामा हुने गरेका छन् । जसले व्यासायमा असर गरिरहेको छ ।
विशेषगरी रक्सीको व्यापार ३० प्रतिशतदेखि ४० प्रतिशतसम्म घटेको छ भने बियरको गत वर्षकै हाराहारीमा कारोबार भएको व्यवसायीहरुको भनाई छ । यस्तै, ७० युपिको रक्सी १ करोड कार्टुन खपत भएको छ । त्यसैगरि, यस वर्ष १ करोड ८० लाख कार्टुन बियर र ७० युपिको रक्सी १ करोड कार्टुन खपत भएको छ । अन्य रक्सी ३० लाख कार्टुन खपत भएको व्यवसायीहरुको तथ्याङ्क छ ।