Tuesday, September 23, 2025

२०८२ आश्विन ७, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चीनले एशियामा सैन्य बल प्रयोग गर्ने तयारी गरिरहेको अमेरिकी रक्षामन्त्रीको दाबी


चीनले एशियामा सैन्य बल प्रयोग गर्ने तयारी गरिरहेको अमेरिकी रक्षामन्त्रीको दाबी

अमेरिकी रक्षामन्त्री पीट हेगसेथले एशियामा शक्ति सन्तुलन बिगार्न चीनले सैन्य बल प्रयोग गर्ने तयारी गरिरहेको चेतावनी दिए । सिङ्गापुरमा आयोजित वार्षिक सुरक्षा मञ्चमा बोल्दै उनले अमेरिका हिन्द–प्रशान्त क्षेत्रमा रहिरहन तयार रहेको पनि बताएको अन्तराष्ट्रिय सञ्चारमाध्ययमले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले व्यापार, प्रविधि लगायतका विषयमा चीनसँग छलफल गरिरहेका बेला अमेरिकी रक्षामन्त्रीले यस्तो आरोप लगाए ।

गएको जनवरीमा पदभार ग्रहण गरेदेखि ट्रम्पले चीनसँग व्यापार युद्ध शुरू गरेको छ । ट्रम्पले प्रमुख एआई टेक्नोलोजीहरूमा चीनको पहुँचलाई रोक्न र चीनसँग क्षेत्रीय मुद्दामा विवादमा रहेका फिलिपिन्सजस्ता देशसँग सैन्य सम्बन्ध बढाउन लागेका छन् ।

अमेरिकी रक्षामन्त्री हेगसेथले चिनियाँ सेनाले ताइवानमाथि आक्रमण गर्न पूर्वअभ्यास गरिरहेको दावी गरे । चीनको आक्रामतालाई रोक्न अमेरिकाले प्रयास गरिरहेको भन्दै अमेरिकी रक्षामन्त्रीले एशियामा रहेका सहयोगीहरुलाई आफ्नो प्रतिरक्षालाई द्रुत रूपमा सुधार गर्न आह्वान गरे ।