Sunday, October 26, 2025

२०८२ कार्तिक १०, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राप्रपाले ६ महिनाको अवधिमा साढे ३२ लाख लेवी उठायो


राप्रपाले ६ महिनाको अवधिमा साढे ३२ लाख लेवी उठायो

काठमाडौं । राप्रपाले ६ महिनाको अवधिमा पार्टीका सांसदहरुबाट साढे ३२ लाख रुपैयाँ भन्दा बढी उठाएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा राप्रपाले लेभीबापत ३२ लाख ५९ हजार रुपैयाँ उठाएको हो ।

जसअनुसार संघीय सांसदबाट १८ लाख ८० हजार रुपैयाँ लेभी उठाइएको छ, भने प्रदेश सांसदबाट १५ लाख ७९ हजार रुपैयाँ उठाइएको पार्टीको जारी केन्द्रीय समिति बैठकमा कोषाध्यक्ष नीलकण्ठ काफ्लेले पेस गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । राप्रपाले आफ्ना सांसदहरुले पाउने सेवा सुविधाबाट लेभी उठाउँदै आएको छ ।