Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

देशको ऊर्जा सुरक्षाका लागि ‘पम्प स्टोरेज’ जलविद्युत् आयोजनाको निर्माण


देशको ऊर्जा सुरक्षाका लागि ‘पम्प स्टोरेज’ जलविद्युत् आयोजनाको निर्माण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ऊर्जा भण्डारण गरी देशको ऊर्जा सुरक्षाका लागि ‘पम्प स्टोरेज’ जलविद्युत् आयोजनाको निर्माणलाई अघि बढाउने जानकारी दिएको छ । सञ्चारकर्मीहरुसँगको एक छलफलमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आगामी वर्षबाट कुलेखानी–सिस्नेरीलगायतका स्थानमा ‘पम्प स्टोरेज’ जलविद्युत आयोजना अघि बढाउने गरी तयारी अघि बढाएको जानकारी दिए ।

खेर जाने पानीलाई जलाशयमा भरेर माथिल्लो भागमा रहेको जलाशयमा विद्युतीय पम्पमार्फत पठाएर बिजुली निकाल्ने ‘पम्प स्टोरेज’ आयोजनालाई प्राथमिकतामा राखेर अघि बढ्ने योजना अघि बढाएको उनको भनाई छ । दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढावलाई कम गर्न यस्तो आयोजना प्रभावकारी हुने उनको भनाई छ ।


‘दिगो ऊर्जा सुरक्षा मेरो प्राथमिकता हो । ठूला जलासययुक्त आयोजनाहरु आज सुरुवात गरियो भने ती पूरा हुन् करीब १५ वर्ष लाग्छ,’ उनले भने, ‘१५ वर्षसम्ममा प्रविधि कहाँ पुग्छ थाहा हुँदैन । त्यसैले अहिले ठूला–ठूला ऊर्जा भण्डारणका आयोजना सुरु गर्नुको अर्को विकल्प छैन ।’
उहाँले एक वर्ष भित्रमा सम्पन्न गर्ने गरी भैरहवा, विरगञ्ज, विराटनगर र नेपालगञ्ज जस्ता ठूला उद्योग भएका ठाउँमा १ सय मेगावाटका व्याट्रि राख्ने योजना बनाएको बताउनुभयो ।

‘अहिले व्याट्रि भन्ने वित्तिक्कै घर–घरमा राख्ने भन्ने हल्ला चलाउने गरिएको छ । त्यसो होइन । १ सय मेगावाटका व्याट्रि ठूला उद्योग भएका क्षेत्रहरुमा राखियो भने लामो समय ट्रिप हुने समस्यामा कमी आउँछ,’ उनले भने, ‘दिउँसो सोलारबाट चार्ज हुन्छ फेरि राती हाइड्रोबाट चार्ज हुन्छ । उद्योगमा ती व्याट्रिमार्फत विद्युत आपुर्ति हुन्छ र त्यसले गर्दा अन्ततिरको लोड कम हुन्छ । जसका कारण अन्त नियमित विद्युत आपूर्तिमा सहज हुन्छ ।’