काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले एकलौटी ढंगले बजेट पास गराउने खेल नखेल्न चेतावनी दिइएका छन् । संसदमा बोल्दै उनले जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथ्याङ्क कार्यालय खारेज गर्ने सरकारको निर्णयले शंसय बढेको बताए । उनले यस्ता निकाय खारेज भए सदन चल्न नसक्ने चेतावनी दिएका छन् । उनले भनेः ‘लोकतन्त्रमाथिको हमला स्वीकार्य छैन । सदन चल्न सक्दैन । अर्थमन्त्रीज्यूलाई यस विषयमा स्पष्ट पार्न रुलिङ होस् । हामी सदनलाई गरिमामय ढंगबाट अगाडि बढाउन तयार छौँ ।’ उनले जिल्ला निर्वाचन कार्यालय नै खारेज गर्ने विषयमा अर्थमन्त्रीको गोलमटोल जवाफ स्वीकार्य नभएको पनि बताए । उनले भने, ‘सत्तापक्षकै सांसदहरूले ठिक छैन भनिराख्नुभएको छ । तर, उहाँहरूलाई पास गर्नुपर्ने बाध्यता छ । उहाँहरूको बाध्यताको शिकार यो देशको लोकतन्त्र चढ्दैन ।’
संसद अबरुद्ध गर्दै लामिछानेले भनेः सरकारले बजेट संशोधन नगरे चल्दैन संसद [भिडिओ सहित]