काठमाडौं, २ असार । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएपछि पुनःअस्पताल भर्ना गरिएको छ । यसअघि पनि समस्या देखिएपछि गंगालालमा भर्ना गरिएको थियो । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका उनको मुटुको चाल मनिटरिङ सुरु गरिएको छ । हाल स्वास्थ्य स्थिर रहेको र मुटुको चाल मनिटरिङ भइरहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । शुक्रबार राति स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । गत मंगलबार मात्रै राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको थियो । अघिल्लो महिना मात्रै राष्ट्रपति पौडेलले भारतको नयाँदिल्लीमा उपचार गराउनुभएको थियो ।
राष्ट्रपति पौडेलको मुटुको चाल मनिटरिङ सुरु[विज्ञप्ती सहित]