Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

संसदमा जारी गतिरोध अन्त्यकालागि राष्ट्रपति पौडेलले सहयोग गर्ने


संसदमा जारी गतिरोध अन्त्यकालागि राष्ट्रपति  पौडेलले सहयोग गर्ने

काठमाडौं । संसदमा अवरोध खुलाउनका लागि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलको सहयोग मागेका छन् । शुक्रबार उनीहरुले राष्ट्रपति पौडेलले संयुक्त रुपमा भेटेर राष्ट्रको अभिभावककै हैसियतमा पहल आवश्यक पहल गरिदिन अनुरोध गरेका हुन् ।

उनीहरुले संसद्मा दलहरुलाई राखेर सदन खुलाउनका लागि आफूहरुले अधिकतम र पटक पटक पहल गरे पनि परिणाम ननिस्केको उल्लेख गर्दै उनीहरुले अभिभावको भूमिका खेल्न अनुरोध गरे । शुक्रबार बिहान १० बजेदेखि भएको आधा घण्टाको भेटमा उनीहरुले अहिले सदनमा देखिएको समस्याबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेका थिए । क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै एमालेले तीन सातदेखि सदन चल्न दिएको छैन ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान १० बजेदेखि आधा घण्टा भएको भेटमा संसदको जारी अवरोधबारे छलफल भएको छ । भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुवाउन सम्माननीयज्यूहरुबाट भएका छलफल प्रयासबारे समेत जानकारी लिनुभएको थियोु राष्ट्रिय सभा अध्यक्षको सचिवालयबाट जारी प्रेस नोटमा छ, भेटमा सम्माननीय सभामुख र सम्माननीय राष्ट्रिय सभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिज्यूबाट समेत सहयोगको अपेक्षा राख्नुभएको थियो । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले सदनको अवरोध र त्यो खुलाउनका लागि गरेका छलफल र पहलबारे सभामुख घिमिरेले जानकारी गराएका थिए ।