२८ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सानो भ¥याङबाट थप एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ३० घर भई नयाँबजार खुशिबु बस्ने ५९ वर्षीय केशव तुलाधर रहेका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
तुलाधरमाथि कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको एसपी रेग्मीले बताए ।