Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘सिमरा सेज’ मा सञ्चालन उद्योग ३ सातामै बन्द


‘सिमरा सेज’ मा सञ्चालन उद्योग ३ सातामै बन्द

काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सिमरा सेज’ मा एउटा उद्योग सञ्चालनमा आएको ३ सातामै बन्द भएको छ । विश्व बैंकको २० करोड लगानीमा खुलेको ‘बायोकम नेपाल’ नामक उद्योग केही दिन सञ्चालन भएर बन्द भएको हो ।

‘बायोकम नेपाल’ ले कमसल स्तरका प्लास्टिक (सुर्ती, चाउचाउ, चकलेटका खोल)लाई पुनः प्रयोग गरेर प्लाइउड उत्पादन सुरु गरेको थियो । उद्योगका मुख्य प्रबन्धक राज महर्जनले कच्चा पदार्थको अभावमा उद्योग सञ्चालन गर्न समस्या भएको बताए । उनले विश्व बैंकको आर्थिक सहयोगमा रिभर प्लस परियोजना अन्तर्गत आधा दर्जन गैरसरकारी संस्थाको समन्वयमा उद्योग सञ्चालन गरिएको बताए ।

पिपुल इन निड नामक गैरसरकारी संस्थाकी कार्यक्रम प्रमुख आस्था प्रधानले चकलेट, चाउचाउका खोलबाट प्लाइ उड निर्माण गर्न सकिने र त्यसबाट कुर्सी–टेबल लगायतका घरायसी प्रयोजनमा फर्निचर बनाउन सकिने बताइन् ।

यता विशेष आर्थिक क्षेत्र सिमरा सेजका कार्यकारी निर्देशक छत्र बहादुर कटुवालले सिमरा सेजभित्र उद्योगमैत्री वातावरण बनाउन सहयोग गर्ने बताए । उनले बायोकम नेपाल विद्युत्, कच्चा पदार्थ र बजारको समस्याका कारण बन्द हुने अवस्थामा पुगेको विषयमा आफूलाई कुनै सूचना नआएको प्रस्ट पारे ।