काठमाडौं । आगामी आर्थिक वर्षको असार २४ गतेदेखि सरकारी काम काजको सम्पूर्ण भुक्तानी रोक्ने भएको छ । महालेखा नियन्तण कार्यालयले २४ गतेभित्र चालू आर्थिक वर्षको भुक्तानी, हिसाब किताब राफसाफ गर्न सबै पालिका, प्रदेश सरकार र केन्द्र सरकारलाई निर्देशन गरेको हो ।
महालेखा नियन्त्रण कार्यालयको चलानी नम्बर ३२३ को असार १० गतेको परिपत्र नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको भुक्तानी निकासा बन्द गर्ने र सालतमाम सम्बन्धमा विषयको पत्रको बुदा नं.१ मा संघ प्रदेश र स्थानीय तहहरुको आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अगावै साविकमा जस्तै निकासा भुक्तानी र प्रणाली समेत बन्द हुने हुँदा सूचना संप्रेषण गरिएको महालेखा नियन्त्रणले बताएको छ ।
संघीय कार्यालयहरुको हकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम १० र २० बमोजिम र प्रदेश तथा स्थानीय तहले सोही नियमको उपनियम ७० र ,८० बमोजिम गर्न र आर्थिक वर्ष समाप्त हुने सात दिन अघि असार २४ गते राति १२ बजेदेखि नियमले निर्दिष्ट गरेको कामको लागि बाहेक सम्पुर्ण निकासा भुक्तानी गर्न महालेखा नियन्त्रण कार्यालयले निर्देशन गरेको छ ।