Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एप्पलले अत्याधुनिक कारखाना सहितका पूर्वाधार निर्माण गर्ने


एप्पलले अत्याधुनिक कारखाना सहितका पूर्वाधार निर्माण गर्ने

काठमाडौं । एप्पलले आफ्नो उत्पादन क्षमता विस्तार गर्न टेक्ससको ह्युस्टनमा अत्याधुनिक कारखाना सहितका पूर्वाधार निर्माण गर्ने घोषणा गरेको छ । ठूला अमेरिकी कम्पनीहरूले पहिले आफ्नै देशमा लगानी गर्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइमा साथ दिँदै एप्पलले यस्तो पूर्वाधार बनाउने बताएको हो । उक्त कारखानामा विशेषगरी एआई सर्भर उत्पादन गरिने कम्पनीको योजना छ ।

यो परियोजनाका लागि एप्पलले ६ खर्ब भन्दा बढी अमेरिकी डलर लगानी गर्दै छ । यसअन्तर्गत आगामी चार वर्षमा २० हजारभन्दा बढी अनुसन्धान तथा विकास (आर एन्ड डी) सम्बन्धी रोजगारी सिर्जना गर्ने र कम्पनीको प्राविधिक क्षमतामा व्यापक बिस्तार गर्ने लक्ष्य राखिएको छ । सो कारखाना २ लाख ५० हजार वर्ग फिट क्षेत्रमा फैलिएको हुने र यसले एप्पलका उच्चस्तरीय एम फाइभ चिपसहितका सर्भर निर्माण गर्ने बताइएको छ ।

त्यसले कम्पनीको एआईसम्बन्धी सेवा सञ्चालनमा सघाउने कम्पनीको लक्ष्य छ । यी सर्भरले एप्पलले निकै जोडतोडका साथ प्रचार गर्दै आएको एप्पल इन्टेलिजेन्स जस्ता एआईमा आधारित सुविधालाई विकास र विस्तार गर्ने कम्पनीको दाबी छ । यो पूर्वाधार सन् २०२६ सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । यसै वर्षको अन्त्यदेखि नै सुरुआती उत्पादन थालिहाल्ने एप्पलले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी टिम कुकले यस योजनाबारे उत्साही हुँदै रोयटर्सलाई भनेका छन् ।

यो घोषणा ट्रम्प प्रशासनले ठूला प्रविधि कम्पनीहरूलाई देशभित्रै थप लगानी गर्न र उत्पादन क्षमता बढाउन प्रत्यक्ष—अप्रत्यक्ष दबाब दिइरहेको समयमा आएको हो । एप्पलको प्रतिबद्धतामा उन्नत उत्पादकत्व कोषलाई १० अर्ब अमेरिकी डलर पुर्‍याउने योजनासमेत समावेश छ । यो कोष विभिन्न परियोजनाहरूमा लगानी गरिनेछ । यसमा ताईवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) को एरिजोना उत्पादन प्लान्टमा उच्चस्तरीय सिलिकनको उत्पादन जस्ता योजना पनि सामेल छन् ।