काठमाडौं, ३० असार । यस आर्थिक वर्षको अन्तिम शनिवार आज पनि बैंक तथा वित्तीय संस्थाहरु खुलेका छन् । राष्ट्र बैंकले एक सूचना जारी गर्दै राजस्व संकलन, चेक क्लियरिङ, फण्ड ट्रान्सफरका लागि शनिवार पनि सेवा सञ्चालन गर्न निर्देशन दिएसंगै आजपनि बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएका हुन । भोली ३१ गतेपनि बेलुका सात बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु खुला हुने राष्ट्र बैंकले जनाएको छ । चालू आर्थिक वर्ष २०७९-८० सकिनै लाग्दा सरकारलाई राजस्व संकलनको दबाब परेको छ । बैंक तथा वित्तीय संस्थाहरु साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गराउन केन्द्रिय बैंकले सूचना जारी गरेको छ ।
आर्थिक वर्षको अन्तिम शनिवार, बैंक तथा वित्तीय संस्था सञ्चालनमा